
काठमाडौं, २५ फागुन । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य प्रतितोला १ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै मूल्य प्रतितोला सुन १ लाख ७० हजार ३ सय रूपैयाँ पुगेको छ । यसअघि शुक्रबार तोलाको १ लाख ७० हजार २ सय रूपैयाँ थियो ।
सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेको हो । मूल्य घटेसँगै प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ९ सय ९० रूपैयाँ थियो ।



















