
चितवन । जंगली हात्ती गोविन्देको आक्रमणबाट पूर्वी चितवनमा १ जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका घर भइ रत्ननगर नगरपालिका–७ मा बस्दै आएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले बताए । रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीले आक्रमण गरेको हो ।
जंगली हात्ती गोविन्देले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थापामगरले बताए । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको निकुञ्जले जनाएको छ ।

























