
विराटनगर । विराटनगर जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा ३२ जनाले रक्तदान गरेका छन् ।
विराटनगर राउन्ड टेबल नम्बर ५ को आयोजना र जनता आदर्श बहुमुखी क्याम्पस, सामाजिक कार्य विभागको सहकार्यमा भएको रक्तदानमा ३२ जनाले रक्तदान गरेका हुन् ।
जनता आदर्श बहुमुखी क्याम्पस, कलेज अफ ल का शिक्षक, कर्मचारी तथा विद्यार्थीलगायतले रक्तदान गरेका थिए ।
रगत जस्तो वस्तुको अभावमा कसैले दुःख नपाउन, रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रममा राउन्ड टेबलसँग सहकार्य गरेको क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले बताए ।























