
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । प्रतितोला १ सय रूपैयाँ बढेको हो ।
भाउ बढेसँगै सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रूपैयाँ पुगेको छ । सुनको मूल्यमा केही दिनयता उतारचढाव भइरहेको छ ।
सुनको मूल्य बढे पनि चाँदीको पनि स्थिर रहेको हो । मूल्य यथावत हुँदा चाँदी प्रतितोला १ हजार ९ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ ।



















