
विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ आङचोक नेवारे खोलानजिक मृत फेला परेका पुरुषलाई ट्रकले ठक्कर दिएको खुलेको छ ।
ट्रकको ठक्करबाट ४१ वर्षीय हर्कवीर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बू यही फागुन २१ गते मृत फेला परेका थिए । घटनाको अनुसन्धानका क्रममा प्रदेश १–०२–००१ ख ९३३४ नम्बरको ट्रकले ठक्कर दिएको पत्ता लागेको हो ।
प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–५ घर भएका सञ्जित कामीले चलाएको ट्रकले दुर्घटना गराएको हो । दुर्घटनाबाट लिम्बूको मृत्यु भएको पत्ता लागेपछि प्रहरीले ट्रक र चालक कामीलाई सोमबार नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ ।
दुर्घटना गराएपछि ट्रक लिएर चालक फरार भएका थिए । कच्ची सडकका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

























