
पोखरा । कास्कीमा आज (मंगलबार) बिहानका राति भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर बिहान ४ः११ बजेतिर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको वा नपुर्याएको भन्ने यकिन भइसकेको छैन ।

























