
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । मूल्यमा सामान्य गिरावट आएको हो ।
सुनमा प्रतितोला ५ सय रूपैयाँ र चाँदीमा प्रतितोला १५ रूपैयाँले मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार भाउ घटेसँगै सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



















