सिमेन्टपछि छडको मूल्य बढ्यो

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार ०७:५६

काठमाडौं । सिमेन्टपछि फलामे छडको मूल्य बढेको छ । केही समयअघि सिमेन्टको मूल्य बढेको थियो । फागुन तेस्रोसाता फलामे छड र ग्याबिन तारको मूल्य बढेको हो ।

सरकारको मिलोमतोमा सिमेन्ट निर्माणको सिजनमा अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको निर्माण व्यवसायीको आरोप छ ।

नेपाल निर्माण व्यवसायी महासंघले उद्योगी व्यवसायीले कार्टेलिङ गरेर सबैजसो निर्माण सामग्रीको मूल्य बढाएको गुनासो गरेको छ ।

मंसिर तेस्रो सातासम्म डन्डीको मूल्य ७६–७७ रुपैयाँ थियो । सोहीबेला उद्योगीहरूले डन्डीमा प्रतिकिलो ५ रुपैयाँले बढाएका थिए । अहिले फेरि ५ रुपैयाँ बढाएर ८७ रुपैयाँ पुर्‍याइएको छ ।

ग्याबिन तारको मूल्य प्रतिकिलो १२ रुपैयाँ बढेको छ । यसअघि यसको मूल्य १०९ देखि ११० रुपैयाँ थियो । अहिले प्रतिकिलो १२२ रुपैयाँ पुगेको छ ।

यसअघि सिमेन्टको मूल्य वृद्धि भएको थियो । कात्तिकमा प्रतिबोरा ४०० रुपैयाँ पर्ने सिमेन्टको मूल्य मंसिरमा प्रतिबोरा ६०० देखि ७६० रुपैयाँ पुगेको थियो । अहिले सोही मूल्यमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.