पर्वले एकता र सद्भाव अभिवृद्धि गर्छ : मुख्यमन्त्री कार्की

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार ०७:२४

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालमा मनाइने मौलिक पर्वहरुले एकता र सद्भाव अभिवृद्धि गर्ने बताएका छन् ।

फागु पूर्णिमा अर्थात् होली पर्वले नेपालीहरू बीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने उनको भनाइ छ । होली पर्वको अवसरमा आज (बिहीबार) शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गर्ने बताए ।

यस्ता पर्वहरुले हाम्रो धर्म, संस्कृति र पहिचानलाई स्थापित गरेको उनको भनाइ छ । असत्यमाथि सत्यको ‌विजय उत्सवको रुपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नको लागि प्रेरित गर्ने उनले बताए ।

मौलिक परम्पराहरूको संरक्षण गर्दै आपसी सद्भाव र एकताका साथ पर्व मनाउने प्रचलनले हाम्रो राष्ट्रिय आकांक्षा समृद्ध नेपाल सुखी नेपालीलाई साकार पार्न पनि अभिप्रेरित गर्ने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् । नेपाल बहुजातीय ,बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुपहिचान भएको मुलुक भएको चर्चा गर्दै उनले पर्वहरुले विकास र समृद्धिमा अघि बढ्नका लागि प्रेरित गरिरहेको बताए । होली पर्व पहाडमा आज र तराईमा भोलि मनाइन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.