प्रधानमन्त्रीले दिए होलीको शुभकामना

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २९, बिहीबार ०८:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होली पर्वको शुभकामना दिएका छन् ।

शुभकामना दिँदै उनले वसन्त ऋतुको फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिने बताए । होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै ओलीले फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिने उल्लेख गरेका छन् ।

‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौं। वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ। शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ । फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको उल्लेख गरेका छन्। ‘मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्त्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ । यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ। हर्ष र उमंगको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना,’ प्रधानमन्त्री ओलीले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.