
झापा । झापामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको बिहीबार दिउँसो मृत्यु भएको छ ।
कनकाई नगरपालिका–२ जामुनबारीस्थित भित्री सडक खण्डमा जामुनबारीबाट सुरुङगातर्फ जाँदै गरेको साइकललाई बुधबार साँझ प्रदेश १–०१–०१३ प ८०९१ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कनकाई–२ का ३३ वर्षीय सविन तामाङ र साइकलयात्री १९ वर्षीय सलिन कार्की घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा मोटरसाइकल चालक तामाङको बिहीबार दिउँसो १ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका साइकलयात्री कार्कीको अवस्था सामान्य छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























