जंगली हात्ती सडेको अवस्थामा मृत फेला फेला

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार ०६:२९

झापा । झापाको जलथल जंगलमा सडेको अवस्थामा जंगली हात्ती मृत फेला परेको छ ।

कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा वयस्क भाले हात्ती मृत फेला परेको हो । करिब डेढ महिनाअघि मरेको हुनसक्ने अनुमान छ । सडेगलेर दुर्गन्धित भएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

मृत फेला परेको हात्तीलाई बुधबार साँझ ३–४ वटा जंगली हात्तीले वरिपरिबाट घेरेर राखेका थिए । डिभिजन वन कार्यालय झापा, इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली बिहीबार बिहान घटनास्थल पुगेको थियो।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार शरीरको अधिकांश भाग कुहिएको अवस्थामा हात्ती मृत भेटिएको हो । हात्तीको दाह्राको टुप्पो काटिएको अवस्थामा रहेको उनले बताए ।

घटनास्थलनजिकै हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको छ । हात्ती के कारणले र कहिले मरेको हो भनेर यकिन हुन नसकेको जानकारी पाठकले दिए ।

उनका अनुसार झापामा चालु आर्थिक वर्षमा झापाको जंगलमा हात्ती मृत फेला परेको पहिलो घटना हो । तर, हात्तीको आक्रमणबाट ४ जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.