
विराटनगर । महोत्तरीको पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।
सई सिंह महोत्तरीको लोहारपट्टी नगरपालिका–४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।
आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । तोडफोडको प्रयास गरेपछि स्थानीय र प्रहरीबीच झडपको सम्भावना बढेको स्थानीय बताउँछन् ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बालिकामाथि दुव्र्यवहार भएको जनाएको छ ।

























