मोरङमा लडेर घाइते भएका २ जनाको मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार १८:२२

विराटनगर । मोरङमा लडेर घाइते भएका २ जनाको मृत्यु भएको छ । मृतक सुन्दरहरैँचा र विराटनगरका हुन् ।

सुन्दरहरैँचा नगरपालिका–११ तीनमुडेका अन्दाजी ६० वर्षीय भरत चौधरीको आफ्नै घरमा लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा सुतिरहेका उनी उठ्ने क्रममा खाटबाट लडेर बिहीबार राति १०ः३० बजेतिर बेहोस भएका थिए ।

उपचारका लागि केन्द्र पोलिक्लिनिक गछियामा लगिएको थियो । थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

त्यस्तै, कटहरी गाउँपालिका–४ स्थित सप्तकोशी सिमेन्ट फ्याक्ट्रीमा कार्यरत ५० वर्षीय चौठी कामतको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ घर भएका उनी काम गरिरहेका बेला फागुन २२ गते साँझ लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार राति ९ः४५ बजेतिर मृत्यु भएको डीएसपी जोशीले बताए । उनका अनुसार दुवै घटनानको अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.