कोशीमा होली : १३३ जना पक्राउ, १०९९ सवारीसाधन नियन्त्रणमा

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १, शुक्रबार १८:४९

विराटनगर । तराईको होलीका दिन शुक्रबार कोशी प्रदेशबाट १ सय ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले १ हजार ९९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८, उदयपुरबाट १२ जना पुरुष तथा झापाबाट ७ जना पक्राउ गरेको हो ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार होली खेलेर रमाइलो गर्ने नाममा कानुनविपरीतका गतिविधिमा संलग्न भएकाहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

त्यस्तै, नियम उल्लंघन गरेर चलाइएका १ हजार ९९ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाबाट ४ सय २७, सुनसरीबाट ३ सय ६६, मोरङबाट २ सय ६७ र उदयपुरबाट ३९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी डीआईजी अधिकारीले दिए ।

उनका अनुसार नियन्त्रणमा लिइएकामध्ये सबैभन्दा धेरै २ पांग्रे सवारीसाधन छन् । प्रहरीले २ पांग्रे १ हजार २१ वटा, ३ पांग्रे ५९ र ४ पांग्रे १९ वटालाई नियन्त्रणमा लिएर दिनभर ‘होल्ड’ गरेको हो ।

नियन्त्रणका लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए । ती सवारीसाधनलाई ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.