विराटनगर आउँदै गरेको मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार ०६:५५

विराटनगर । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज (शनिबार) बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पातालमा बिहान ५ः१५ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् ।

सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.