
काठमाडौं । नेपाल आयल निगमले आजराति देखि लागु हुनेगरी इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको हो ।
शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । विराटनगरमा पेट्राेल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा र डिजेल १४८ रुपैयाँ ५० पैसा पर्नेछ ।
इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


























