प्रगतिशील लेखक संघ मोरङको अध्यक्षमा यज्ञराज

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार २२:१७

विराटनगर । प्रगतिशील लेखक संघ नेपाल, मोरङको अध्यक्षमा साहित्यकार यज्ञराज ‘सुसेली’ चयन भएका छन् । सुन्दरहरैँचामा सम्पन्न एघारौँ जिल्ला अधिवेशनबाट सुसेली अध्यक्ष चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल (उर्लाबारी), सचिवमा नानुमैया दाहाल (विराटनगर), सहसचिवमा भवानीप्रसाद पोखरेल (विराटनगर), कोषाध्यक्षमा शैलेन घिमिरे ‘शैलेन्द्र’ (विराटनगर) चयन भएका छन् । सदस्यहरूमा सञ्जीव तिम्सिना (उर्लाबारी), भीम कोइराला (बूढीगंगा), उमा गुरागाई (सुन्दरहरैँचा), यज्ञ परिश्रमी (उर्लाबारी), शारदा दाहाल भण्डारी (बेलबारी), अञ्जली कठायत (बेलबारी), दुर्गा खरेल (सुन्दरहरैँचा) र शान्ता कर्ण (विराटनगर) चयन भएका छन् ।

अधिवेशनमा प्रमुख अतिथी प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीले प्रगतिशील लेखक संघमा आवद्ध लेखकहरुको रचना माम्र्सवादी सौन्दर्य चिन्तनसँग जोडिएको लेखन भएको उल्लेख गर्दै यस संघमा आवद्ध लेखकहरुको कलमले समाजको अग्रगामी रुपान्तरणमा ठोस भूमिका निर्वाह गर्न सक्नु पर्ने बताइन् ।

अधिवेशनमा निबन्धकार दुर्गा खरेल ‘दीपज्वाला’ को १० ओटा निबन्धहरूको सङ्ग्रह ‘विश्वमानव’ को समेत लोकार्पण भएको थियो ।

प्रमुख अतिथिलगायतबाट सामूहिक रुपमा लोकार्पित उक्त कृतिको समीक्षा साहित्यकार केशु विरहीले गरे ।

प्रगतिशील लेखक संघ, कोशी प्रदेशकी अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्यमा भएको उक्त अधिवेशनमा प्रलेस मोरङका संस्थापक अध्यक्ष एकराज भट्टराई, पूर्व अध्यक्षहरू मोहन काफ्ले, भानु भण्डारी, साहित्यकार हर्कमान तामाङ, मेदिनीप्रसाद बराल, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, गोपाल निर्भिक, राजेन्द्र सर्वहारा, ओम श्रमिक, शिवनारायण पण्डित सिंगल, कविता केसरी, राम खरेल, विमला पोख्रेल, खगिन्द्र खुसी, रमेश निरौला र दिप मङ्ग्रातीलगायत उपस्थित थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.