
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडामा शनिबार भएको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाइएको थियो । तस्बिर जलाएको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई चितवनको भरतपुर विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्राेतले पुष्टि गरेकाे छ ।

























