झापा प्रहरीले पक्राउ गर्यो ७१ जना फरार प्रतिवादी

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १७:२३

विराटनगर । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो १ महिनाको अवधिमा ७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न अपराधमा संलग्न भएकाहरु अदालतले दोषी ठहर गरे पनि सजाय भुक्तान नगरिकन लामो समयदेखि फरार थिए । अदालतले तोकेको कैद तथा जरिबाना छलेर भागिरहेकालाई खोजतलास गरेर पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

खड्काका अनुसार फागुन महिनामा ७१ जना प्रतिवादीलाई पक्राउ गरिएको हो । प्रतिवादी पक्राउ गर्दा ३२ वर्ष ११ महिना २१ दिन कैद र ३३ लाख १५ हजार ७ सय ७ रूपैयाँ जरिबाना असुल भएको जानकारी उनले दिए ।

फरार प्रतिवादी पक्राउका लागि झापामा प्रहरीले विशेष अभियान चलाएको छ । पछिल्लो समय फरार प्रतिवादी खोजतलास र पक्राउलाई तीव्र पारिएको जानकारी डीएसपी खड्काले दिए ।

प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ । जरिबाना तोकिएकालाई त्यसबापतको रकम असुल गरेर छाड्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
सीओपीडी रोगको जोखिम र समयमै उपचारबारे जनचेतना र्‍याली
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.