सुनवर्षीको मिलमा आगलागी, २ करोड ८० लाखको क्षति

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार २०:०९
फाइल फाेटाे

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–३ पिपल चोकमा रहेको एउटा मिलमा आगलागी हुँदा २ करोड ८० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अरुण सिंहले सञ्चालन गर्दै आएको बोलबम कुटानी पिसानी मिलमा आइतबार बिहानका रातिबाट आगलागी सुरु भएको थियो । उक्त आगो करिब १० घण्टापछि बिहान ९ः५५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा लामो समय लगाएर प्रहरीले आगो नियन्त्रणको लिएको थियो । मिलभित्र भुस, धानलगायत रहेकाले आगो नियन्त्रणमा समय लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । आगो नियन्त्रणमा लिन विभिन्न ठाउँबाट ७ वटा दमकल पुगेका थिए ।

जोशीका अनुसार आगोले मिलसहित मिलमा भएका अन्न, खाद्यान्न, मेसिनरी सामान सबै जलेर नष्ट भएको छ । ‘क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन । तर, पनि २ करोड ८० लाख बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ,’ उनले भने, ‘धेरै कुरा प्राविधिक पक्षबाट हेर्नुपर्ने भएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ ।’

घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.