
काठमाडौं । कञ्चनपुरमा चट्याङ लागेर एक जना युवकको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको चट्याङ लगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार हावाहुरीसँगै मेघगर्जनसहित पानी परिरहेका बेला घरको आँगनमा रहेका रानालाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।























