
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहामा भएको आगलागीमा १ जना बालिकाको मृत्यु भएको छ ।
११ परिवारका १६ वटा फुसको घर, भान्सा ३ वटा र गाई गोठ २ वटा र २१ घर जलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ३५ वर्षीय मोहमद हनिफ मियाँको ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
मंगलबार दिउँसो साढे १२ बजे कदमाहाको मुस्लिम टोलमा विद्युत तार सर्ट भइ आगलागी सुरु भएको हुनसक्ने प्रहरीले जनाएकाे छ ।
रंगेली, कानेपोखरी, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा र विराटनगर गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो ।
यस्तो छ क्षतिको विवरण
१. ४८ वर्षीय मो. हासिम मियाँको काठको खम्बा टाटीबेरा, टिनको छानो भएको एक तले घर र घरभित्रको समान, भान्सा जलेर नष्ट ।
२. २५ वर्षीय इस्ताक मियाँको काठको खम्बा टाटीबेरा, टिनको छानो भएको एक तले घर र घरभित्रको सामन जलेर नष्ट ।
३. २२ वर्षीय इसाद मियाँको काठको खम्बा टाटीबेरा, टिनको छानो भएको एक तले घर र घरभित्रको समान जलेर नष्ट ।
४. २८ वर्षीय मो. मुस्ताक मियाँको घर र घरभित्र रहेको समान र भान्सा घर जलेर नष्ट ।
५. २८ वर्षीय कुर्सिद मियाँको घर र सामान जलेर नष्ट ।
६. ६० वर्षीय अन्सारुल मियाँको काठको घर र समान जलेर नष्ट ।
७. ३५ वर्षीय मोहमद हनिफ मियाँको घर र घरभित्र रहेको सामन जलेर नष्ट । ३ वर्षीय छोरी रेश्मा खातुनको पनि मृत्यु भयो ।
८. ५५ वर्षीय सलमान मियाँको घर र भान्सा जलेर नष्ट ।
९. २७ वर्षीय मोहमद रजाक मियाँको घर र सामान जलेर नष्ट ।
१०. मुर्सिद मियाँको घर र सामान जलेर नष्ट ।
११. ४० वर्षीय चन्दन पुरीको घर र गोठ जलेर नष्ट ।
१२. शिवनारायण पुरीको घर र सामान जलेर नष्ट ।
१३. ७० वर्षीय देवनारायण पुरीको घर र गोठ जलेर नष्ट ।

























