
रौतहट । चर्चित मिटरब्याजी शिवचन्द्र साह कलवारलाई प्रहरीले पक्राउ गरेको छ ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको सहयोगमा प्रहरीले कलवारलाई पक्राउ गरेको हो । जाली तमसुक बनाउने, झुक्काएर जग्गा पास गराउनेजस्ता गैरकानुनी क्रियाकलापमा उनी संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मिटरब्याजबाट लेनदेन गर्दै आएका उनीबाट १ हजार १ सयभन्दा बढी पीडित भएको प्रहरीको भनाइ छ । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























