विराटनगरमा खुकुरी प्रहार प्रकरण : भारततिर भाग्न खोज्दै थिए सापकोटा

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ८, शुक्रबार ०७:००

विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका छन् ।

विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएका थिए । सापकोटाले बिहीबार राति करिब ८ः३० बजेतिर गुप्तालाई खुकुरी हानेका हुन् ।

मोरङ प्रहरी प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार घाँटीमा चोट लागेका घाइतेलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सुरुमा कोशी अस्पताल लगिएकोमा त्यहाँबाट रेफर गरेर विराट नर्सिङ होम लगियो । विराटले पनि रेफर गरेपछि नोबेल पुर्याइएको हो । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गुप्ताले सापकोटाको घरमा काम गर्ने गरेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटा लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ । आपसी विवादमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीको भनाइ छ ।

यद्यपि, प्रहरीले उनीहरुबीचको विवाद कस्तो प्रकृतिको हो भनेर खुलाएको छैन । घटनापछि फरार भएका सापकोटालाई विराटनगरकै नेपाल–भारत सीमा क्षेत्रबाट शुक्रबार बिहानका राति पक्राउ गरिएको चिमरियाले बताए ।

घरअगाडि खुकुरी प्रहार गरेका सापकोटा भान्सा कोठामा लुकेर बसेका थिए । प्रहरी पुग्नसाथ कोठाकै अर्को ढोकाबाट निस्किएर फरार भएका हुन् ।

‘घटनापछि भारततिर भाग्दै रहेछन् । भारत जान नपाइनकन सीमा क्षेत्रबाट पक्राउ गरिएको छ । २ जनाबीचको विवादपछि खुकुरी हानेको देखिन्छ । तर, किन र के कारणले विवाद भयो भनेर खुलेको छैन । घटनामा संलग्न व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ,’ एसपी चिमरियाले भने । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.