
काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ८ महिनामा १८ करोड मूल्य बराबरको पापड आयात भएको छ ।
आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा १८ करोड ८२ लाख ५४ हजार रुपैयाँ बराबरको ७ लाख ८६ हजार ४५७ किलो पापड आयात भएको हाे ।
भन्सार विभागका अनुसार भारतबाट १८ करोड ८२ लाख ३५ हजार रुपैयाँको ७ लाख ८६ हजार ३१४ किलो पापड आयात भएको छ ।
चीनबाट १८ हजार रुपैयाँ बराबरको १४३ किलो पापड आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
पापड आयात हुँदा १० करोड १३ लाख ३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

























