बेलबारी क्याम्पसमा स्ववियु निर्वाचन : सकियो मतदान

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १४:४८

विराटनगर । मोरङको बेलबारीमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)को निर्वाचन आज (शनिबार) भएको छ ।

विद्यार्थी संगठनबीचको विवादका कारण चैत ५ गते चुनाव हुन सकेको थिएन । स्ववियुको नेतृत्व चयनका लागि चैत ५ मा हुनुपर्ने चुनावको मतदान शनिबार भएको हो । बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको थियो ।

निर्धारित समयसम्ममा ३ सय ७१ मत खसेको निर्वाचन समितिले जनाएको छ । ५ सय ४७ मतदाता थिए । अब सर्वदलीय बैठकको तयारी भइरहेको छ । सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गर्ने तयारी छ ।

स्ववियु सभापतिमा अखिल क्रान्तिबाट कपिल विष्ट र अनेरास्ववियुबाट प्रशान्त पोखरेल उम्मेदवार छन् । आन्तरिक विवाद एवं द्वन्द्वका कारण नेविसंघ निर्वाचन प्रक्रियामा सहभागी भएन ।

नेविसंघबाट पुरुषोत्तम पौडेल र नवराज भुजेल सभापतिका आकांक्षी थिए । पौडेल गगन थापा र भुजेल डा. शेखर कोइराला पक्षधर हुन् । नेविसंघका आकांक्षीले समयमा मनोनयन दर्ता नगरेपछि निर्वाचन समितिले अखिल क्रान्तिकारी र अनेरास्ववियुका तर्फबाट दर्ता भएको उम्मेदवारीलाई मात्रै मान्यता दिएको थियो ।

विवादका कारण समयमा निर्वाचन हुनसक्ने अवस्था नबनेपछि निर्वाचन समितिले राजनीनामा नै दिएको थियो । तर, अहिले आएर त्यही निर्वाचन समितिले मतदान सम्पन्न गराएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.