संखुवासभामा चट्याङले लागेर ४२ वटा भेडा मरे

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार १९:४०
सांकेतिक तस्बिर ।

विराटनगर । संखुवासभामा वर्षासँगै परेको चट्याङले लागेर १ जना कृषकले पालेका ४२ वटा भेडा मरेका छन् ।

मकालु गाउँपालिका–३ का टेकबहादुर मेघी गुरुङले पालेका भेडालाई चट्याङले हानेको थियो । उनको भेडीगोठमा शुक्रबार राति करिब ११ः३५ बजेतिर चट्याङ परेको थियो ।

मेघीले २ सय ५० वटा भेडा पालेका थिए । संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार भेडीगोठमा रहेका २ सय ५० वटामध्ये चट्याङले लागेर ४२ वटा भेडा मरेको पाइएको छ ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी बस्नेतले घटनाको मुचुल्का आइतबार मात्रै उठाइने बताए ।

‘घटनाको जानकारी पाएर प्रहरी घटनास्थल पुगेको छ । चट्याङले भेडा मर्दा ठूलो क्षति पुगेको पाइयो । यद्यपि, शनिबार ढिला भएका कारण घटनास्थल मुचुल्का उठाउन सकिएन । आइतबार मुचुल्का उठाइसकेपछि क्षतिको विवरण यकिन हुन्छ,’ उनले भने । चट्याङले भेडा मर्दा करिब ८ लाख बराबरको क्षति भएको मेघीले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.