
झापा । झापाको बाह्रदशीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
गत चैत २ गते राति बाह्रदशी गाउँपालिका–६ नारायण चोक नजिकै उत्तरदक्षिण भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय विकास भट्टराई घाइते भएका थिए ।
मे ३ प ६२२६ नम्बरको मोटरसाइकल चारपानेबाट बिहीबारेतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना हुँदा भट्टराई घाइते भएका थिए ।
घाइते भट्टराईलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको र त्यहाँ उपचारका क्रममा शनिबार राति साढे २१ बजेतिर मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।























