
विराटनगर । विश्व मौसम विज्ञान दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।
विश्व मौसम विज्ञान दिवस जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न सचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम गर्दै आएकाे थियाे ।
पछिल्लो समय जलवायु परिवर्तनले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने संकटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्र संघले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।























