ट्यांकरको ठक्करबाट २ जना बालकको मृत्यु 

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १८:४६

काठमाडौं । पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीमा २ जना बालकको घटनास्थलमै मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले आइतबार अपराह्न साढे ३ बजेतिर स्थानीय विशाल गोडिया र शिवकुमार गोडियालाई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक दुवै जना दाजुभाइ अन्दाजी ९ र १० वर्षका हुन् । मृतक बालकहरू बेतहनीको नौरीगढी एकेडेमीमा एलकेजीमा अध्ययनरत थिए ।

स्कुलबाट फकिँदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा पछि ट्यांकरले किचेको बताइएको छ । 

बालकहरूको मृत्युपछि आक्रोशित स्थानीयले ट्यांकर आगजनी गरिदिएपछि त्यहाँको स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएको छ । 

चालकलाई कारबाहीको माग गरेका स्थानीयले प्रहरी चौकी बेतहनीलाई घेराउ गर्दै आगजनी गरिदिएपछि स्थानीय र प्रहरीबीच झडप भएको हो ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि दर्जनौं सेल अश्रुग्यास र हवाइ फायर गरेको प्रहरीले जनाएको छ । आन्दोलित स्थानीयले बालकको शव सडकमै राखेर प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.