
काठमाडौं । काठमाडौं महानगरपालिका –१४ खड्का गाउँस्थित सोमबार साँझ एक जनाको हत्या घटनामा संलग्न आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्का गाउँस्थित सडकखण्डमा २ समूहबीच भएको झगडामा दोलखा (साबिकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका –४ स्थायी घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका –७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्यु भएको थियो ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका –१ घर भई हाल काठमाडौं नागार्जुन –१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
एसपी बोहराका अनुसार घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका –५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौंको चन्द्रागिरी –१५ का २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई –११ का २० वर्षीय डेनियल विश्वकर्मा, बागमती –५ सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका –७ धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका –७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका –१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, ताप्ली गाउँपालिका –७ उदयपुरका २० वर्षीय सांगे तामाङ, काठमाडौं नागार्जुन –९ स्युचाटार का २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका –९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका –१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान –७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौंको दक्षिणकाली नगरपालिका –१ का २२ वर्षीय डेबिड घलेलाई पक्राउ गरेको एसी बोहराले बताए ।
पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























