
विराटनगर । लागुऔषध गाँजासहित प्रहरीले १ जनलाई धनकुटाको साँगुरीगढी–६ भेडेटारबाट पक्राउ गरेको छ ।
सहिदभूमी गाउँपालिका –७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई लागुऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
खाँदबारीबाट विराटनगरतर्फ आउँदै गरको को १ ख ३८०४ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले चेकजाँच गर्ने क्रममा १५ केजी गाँजासहित राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर गाँजासहित पक्राउ परेका राईलाई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

























