
इटहरी । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजामा भीषण आगलागी भएको छ। बुधवार बिहान करिब ९:४३ बजे भवनको पाँचौँ तलाबाट अचानक आगलागी सुरु भएको थियो। आगाे अझाै नियन्त्रणमा आउन सकेन ।
घटनास्थल इलाका प्रहरी कार्यालय इटहरीबाट करिब ३०० मिटर पश्चिममा पर्ने भएकाले उद्धार कार्य तत्काल सुरु गरिएको थियो।
मध्यान्न १२:०५ बजेसम्म ८ पुरुष र ३ महिला गरी जम्मा ११ जनाको सफल उद्धार गरिएको र उद्धार गरिएका तीन जनालाई उपचारका लागि इटहरी अस्पताल सुनसरी प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका र घाइतेहरु।
१. मेरिका राई (२३ वर्ष) – भोजपुर, आम चोक
२. लक्ष्मी श्रेष्ठ (२६ वर्ष) – कैलाली
३. विजय धामी (२६ वर्ष) – सुनसरी, वराहक्षेत्र
४. विष्णु तामाङ – काभ्रे (उमेर खुल्न बाँकी)
५. MD JAY – बङ्गलादेश (उमेर खुल्न बाँकी)
६. सञ्जय जैसवाल (४४ वर्ष) – धनुषा, कमला ९
७. दिया राय (२४ वर्ष) – मोरङ, विराटनगर-१५ – इटहरी अस्पतालमा उपचारपछि डिस्चार्ज ।
८. विशाल सिंह (२८ वर्ष) – (दिया रायका श्रीमान्) – इटहरी अस्पतालमा उपचारपछि डिस्चार्ज ।
९. आशिष चौधरी (२४ वर्ष) – सुनसरी, रामधुनी-७ – इटहरी अस्पतालमा उपचारपछि डिस्चार्ज ।
अन्य दुई जनाको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यी मध्ये दिया राय, विशाल सिंह र आशिष चौधरीलाई इटहरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीको नेतृत्वमा २५ जनाको प्रहरी टोली तत्काल खटिएको थियो।
आगलागी नियन्त्रणका लागि थप मद्दत गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको नेतृत्वमा ७० जना प्रहरी खटिएका थिए।























