कुलमान पुगे सर्वोच्च अदालत

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १३, बुधबार १७:३३

काठमाडौं । कुलमान घिसिङ आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएको दाबी गर्दै सर्वोच्च अदालत पुगेका छन् ।  

आफूलाई गैरकानुनी रूपमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको दाबी गर्दै सर्वाेच्च पुगेका हुन् । 

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएर निवेदन दर्ता गराएका छन् ।

सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् । 

सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

उनका प्रतिनिधिले पेश गरेको निवेदन करिब ५ बजेतिर अदालतमा पेस भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.