छारे रोग दिवसमा सचेतना मूलक र्याली 

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र १३, बुधबार २०:५८

विराटनगर । विराटनगर–१० मा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल (न्यूरो हस्पिटल)ले विश्व छारे रोग दिवसको अवसरमा सचेतना मूलक र्याली निकालेको छ । 

बुधबार न्यूरो हस्पिटलदेखि सुरु भएको र्यालीले नगर परिक्रमा गरेको थियो । र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलका कर्मचारी, विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

‘छारे रोग बारे घर–घर, टोल टोलमा कुरा गरौं, छारे रोग सरुवा रोग होइन, समयमै उपचार गरे छारे रोग ठीक हुन्छ जस्ता लेखिएको प्लेकार्डसहित सहभागी भएका थिए ।  

हस्पिटलले प्रत्येक वर्ष छारे रोग दिवसमा सचेतना मूलक कार्यक्रम आयोजना गर्दै आएको छ । 

‘समयमै उपचार गरौं, छारे रोगबाट बचौं,’ भन्ने मुख्य नाराको साथ यो दिवसमा मनाएको हो । २२ वर्षदेखि निरन्तर रुपमा हस्पिटलले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा दिँदै आएकै कारण अस्पताल बिरामीहरूका लागि रोजाइको पहिलो गन्तव्य बन्ने बताइएको छ । 

कार्यक्रममा बोल्दै हस्पिटलका न्यूरोलोजिष्ट डा. सुनन्द पौडेलले छारे रोग पनि निको पार्न सकिने रोग भएको बताए ।

‘यो कुनै दैवी / राक्षसी, पुनर्जन्मको प्रतिफल, देवता लाग्ने, लागो लाग्ने रोग होइन भनेर विज्ञानले प्रमाणित गरिसकेको बताउँदै, डा. पौडेलले भने, ‘छारे रोगी पनि तपाईं हामी जस्तै साधारण मानिस हुन् । उनीहरूलाई उपचार गरेर भेद्भाव नगरी समाजमा अरु मानिस सरह जीवनयापन गर्न प्रोत्साहन गर्नुपर्छ । नियमित रुपमा औषधि खानका लागि बिरामीलाई सहयोग गर्नुपर्छ । चिकित्सकको परामर्श अनुसारको औषधि सेवनले यो रोग निको हुन्छ ।’

समाजमा अझै पनि यस रोगप्रति नकारात्मक सोच रहेको हुँदा त्यस्तो सोच हटाउनका लागि सबै पक्ष लाग्नु पर्ने उनले बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×