राजावादी आन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १४, बिहीबार १५:५९

काठमाडौं। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईँलाई दिइएको छ ।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईँलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

प्रसाईँकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौँमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौँ प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ ।

उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।

सोही दिन गणतन्त्र पक्षधरहरूले पनि काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।

दुई ठाउँमा प्रदर्शन हुने भएपछि प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.