
विरटनगर । ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ ।
प्रहरीका अुनसार उक्त रकमका मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेल हुन् ।
प्रहरीको इन्टिलिजेन्स र विज्ञ अनुसन्धानबाट शंका गरिएका व्यक्तिको पहिचान खुलेको बताइएको छ ।

























