वडा कार्यालय तोडफोड

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २७, बुधबार १६:३१

काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को वडा कार्यालय मंगलबार राति तोडफोड भएको छ ।

रातिको समयमा वडा कार्यालय आएका ५ / ६ जनाको समूहले कार्यालयभित्र रहेका सामान तोडफोड गर्नुका साथै कार्यालयको कागजात चोरी गरी लगेको गाउँपालिकाले जनाएको छ ।

सो पालिकाका अध्यक्ष जसवन्त यादवले ५ /  ६ जनाको समूहले कार्यालयभित्र रहेको सामान तोडफोड गर्दै अफिसियल कागजात चोरी गरेर लगेको देखिन्छ ।

कार्यालय तोडफोड गर्दै कागजात चोरी गर्नेका विरुद्ध किटानी जाहेरी दिने अध्यक्ष यादवले बताए ।

एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको अध्यक्ष यादवले जानकारी दिए ।

उनले भने, ‘६ महिनादेखि वडाध्यक्ष ज्यूलाई नागरिकताको सिफारिस दिनका लागि ठुलो दबाब दिँदै आएको सुनेको थिएँ । सायद त्यही समूहले रिसले तोडफोड गरेका हुनुपर्छ ।’

४ नम्बर वडाका वडाध्यक्ष आरिफ अन्सारीले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्यापटप चोरी गरेर लगेको बताए । घटनाको प्रहरी अनुसन्धान थालेको अन्सारीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.