विराटनगर । मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल काठमाडौंको शंखमूलमा मृत फेला परेका छन् ।
उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी काठमाडौं महानगरपालिका–३१ शंखमूलमा आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।