
विराटनगर । बुधबारदेखि देशका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलाममा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार इलामको बरफल्यांग केन्द्रमा १००.२ मिलीमिटर वर्षा भएको छ ।
बुधबार बिहान ०८ः४५ देखि आज बिहान ०८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा वर्षाको मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।
‘सबैभन्दा बढी वर्षा बरफल्यांग केन्द्रमा १००.२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको छ’, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।























