‘शिक्षकका माग सम्बोधन गरेर चाँडै कक्षा कोठामा फर्काऔं’

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार १४:४६

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद समयमा कानुन नबनाइदिँदा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आउनु परेको बताएका छन् । काठमाडौँ आएर आन्दोलन गरिरहेका शिक्षकहरूलाई सबै राजनीतिक दलहरूले आफ्नो कमजोरी स्वीकार्दै सामूहिक प्रयासबाट कानुन निर्माण गरी शिक्षकका माग सम्बोधन गरेर चाँडो भन्दा चाँडो कक्षा कोठामा विद्यार्थीहरूलाई पढाउन पठाउनुपर्ने बताए ।

शिक्षक आन्दोलनबारे भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले भनेका छन्, ‘शिक्षकहरूले आफ्ना माग राख्दै आन्दोलन सुरु गरेपछि सबै राजनीतिक दल आलोपालो सरकारमा बसिसक्यौँ । सरकारमा बस्दा कसैले पनि देखाउनु पर्ने तदारुकता देखाउन सकेनौँ । जसको कारणले शिक्षकहरू सडकमा आउनुपर्ने अवस्था बन्यो । हिजो भएको गल्ती कमजोरीलाई सबैले स्विकार्नुपर्छ । कसैलाई दोषारोपण नगरी सामूहिक प्रयासबाट शिक्षकका माग सम्बोधन गरी चाँडोभन्दा चाँडो उहाँहरूलाई कक्षा कोठामा पठाउनुपर्छ ।’

शिक्षकहरू देशभरबाट काठमाडौँमा आन्दोलन गर्न आउनु अहिलेसम्म सरकारमा बसेका र संसद्मा रहेका राजनीतिक दलहरूका लागि लज्जाको विषय भएको थापाले आफ्नो आन्दोलनबारे धारणा सार्वजनिक गर्ने भिडियोमा उल्लेख गरेका छन् ।

शिक्षकका माग संसद्ले बनाउने कानुनसँग जोडिएकाले संसद्ले समयमा आफ्नो काम गर्न नसक्दा यो अवस्था आएको उनले उल्लेख गरेका छन् । यसबारे कुनै राजनीतिक दलले अर्को राजनीतिक दललाई दोषारोपण गर्न आवश्यक नरहेको उनको भनाइ छ । अब सबैको सामूहिक प्रयासबाट शिक्षकहरूका माग सम्बोधन गर्न संसदबाट कानुन बनाउन सकिने थापाले बताएका छन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.