फायर ब्रिगेड टोलीलाई रोटरीको सहयोग 

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २९, शुक्रबार १९:०१

विराटनगर । रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई अग्नि नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि शुक्रबार सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष मनोजविक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्वडिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाललगायतले महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वारुणयन्त्र शाखाका प्रमुख एवं नगर प्रहरीका प्रमुख राजन पौडेललाई सुरक्षा सामग्री हस्तान्तरण गरेका थिए ।

विराटनगर महानगरपालिकाअन्तर्गत सञ्चालित वारुणयन्त्रकर्मीका लागि सुरक्षित रहन स्रोत साधनको कमी थियो ।

कतै आगो लागेमा आफू सुरक्षित रहँदै अग्नि नियन्त्रण गरुन् भनेर वारुणयन्त्रकर्मीलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको शाहले जानकारी दिए ।

उनका अनुसार महानगरको फायर ब्रिगेड टोलीलाई ७ थान आगो नलाग्ने ट्र्याक, ट्राउजर, बुट, हेलमेटलगायतका सामग्री प्रदान गरिएको थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री प्रदान गरेको क्लबका अध्यक्ष शाहले बताए । उनले यस बाहेक विद्यालय, अस्पताललगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.