चट्याङले १ वर्षमा ७८ जनाको मृत्यु

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३१, आइतबार ०६:१३

काठमाडौं । चट्याङले लागेर १ वर्षको अवधिमा ७८ जनाको मृत्यु भएको छ । २०८१ साल वैशाखदेखि हालसम्म ७८ जनाले ज्यान गुमाएका हुन् ।

चट्याङले लागेर ३ सय ९ जना घाइते भएका छन् । चट्याङले हालसम्म ५ सय ५६ घरपरिवार प्रभावित भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।

चट्याङका कारण १ करोड ४३ लाख रूपैयाँ बराबरको क्षति भएको उनले बताए । चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीको भनाइ छ ।

चट्याङबाट बच्ने र बचाउने उपायसहितको सचेतनामूलक सन्देश प्रवाह गर्ने काम भइरहेको उनले बताए । उनका अनुसार बदलिँदो मौसममा चट्याङबाट तत्काल थप सतर्क बनाउँदै पूर्वसूचना दिने उद्देश्यले ‘सतर्क’ नामको पूर्वसूचना कार्यक्रम अघि सारिएको छ ।

‘प्री’ मनसुनमा वायुमण्डलमा बादलको घनत्व घटबढ तथा उतारचढाव हुँदा चट्याङ पर्छ । चट्याङको सम्भावना रहेमा घर बाहिर ननिस्कने, यात्रा नगर्ने, खेतबारीमा काम नगर्नेजस्ता सावधानी अपनाउनुपर्ने विज्ञहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.