मोरङको ग्रामथानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, पति–पत्नी घाइते

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार ०६:५९

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ सोमबारेस्थित घिनाघाट सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा सवार पति–पत्नी (श्रीमान श्रीमती) घाइते भएका छन् ।

नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ग्रामथान–६ का अन्दाजी ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । खवासलाई बाटो क्रस गर्दै गर्दा सोमबार साँझ ७ः२० बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–७ का ४५ वर्षीय शशि गच्छदार र मोटरसाइकलको पछाडि सवार उनकै पत्नी ३५ वर्षीया मनिका गच्छदार घाइते भएका छन् ।

सामान्य अवस्थाका दुवै जनाको उपचार जारी छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.