नयाँ वर्ष लागेसँगै पूर्वका पर्यटकीय क्षेत्रमा चहलपहल

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २, मंगलबार ०७:०७

विराटनगर । नयाँ वर्ष सुरु भएपछि इलामलगायत कोशी प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटकको चहलपहल बढेको छ । सूर्योदय अवलोकनका लागि उत्कृष्ट गन्व्य मानिने अन्तु, अन्तुपोखरी, हराभरा चियावारी क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो ।

यो वर्षको पहिलो दिन हिजो (सोमबार) सूर्योदयको उत्कृष्ट गन्तव्य इलामको अन्तुमा विभिन्न १८ देशका राजदूत र कुटनीतिक निकायका प्रतिनिधिहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम आयोजना गरिएको थियो ।

परराष्ट्र मन्त्री आरजु देउवासहित अन्तु पुगेका राजदुतहरु आइतवार र सोमवार कन्याम र अन्तुका पर्यटकीय स्थलमा व्यस्त रहे । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई विभिन्न देशका राजदूत र देशी, विदेशी पर्यटकको आगमनले यस क्षेत्रका पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने बताउँछन् ।

पर्यटकहरुले कन्याममा विभिन्न जातजातिका मौलिक परम्परागत पहिरन लगाएर भ्रमण गरेका थिए । घोडचढी समेत गरेका उनीहरु यस क्षेत्रको प्राकृतिक सुन्दरतामा लोभिएका थिए ।

पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डले बार्षिक रुपमा बिभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रमअनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तु र कन्याममा कार्यक्रम राखिएको हो । परराष्ट्रमन्त्रीसहित राजदुत र उच्च पदस्थहरुको यो भ्रमणले यहाँको पर्यटनले थप प्रचार पाउने श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ ।

कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण गर्ने लगायतका काम गरेर पर्यटक आकर्षित गर्ने कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

गुराँसको राजधानी मानिने तीनजुरे मिल्के क्षेत्रमा पर्यटन वर्षको उद्घाटन गरिएको थियो । त्यस अवसरमा नेपाल तथा भारतका पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

प्रदेशका पर्यटकीयस्थल, साहसिक खेल, पदमार्ग तथा हिमालको प्रचारप्रसार गरी आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यले पर्यटन वर्ष घोषणा गरिएको कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ छ । प्रदेशका मुख्य पर्यटकीय स्थल रहेका पालिकाहरुले पर्यटन प्रवर्द्धन र विकासका काम अघि बढाएका छन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.