चर्चित सांगीतिक समूह ‘कन्दरा’ ले अस्ट्रेलियामा प्रस्तुति दिने

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ३, बुधबार १०:३१

काठमाडौं ।  चर्चित लोकपप सांगीतिक समूह ‘कन्दरा’ले नयाँ नारासहित सन् २०२६ को लागि अस्ट्रेलिया टूरको घोषणा गरेको छ । न्यू क्यासलमा यसवर्षको अन्तिम प्रस्तुति दिँदै ब्याण्डले अर्को वर्ष यही समयमा टूरको थालनी गर्ने जनाएको छ ।

‘नेपाल फेस्टिभल २०२५’ को समापनपश्चात ब्याण्डले पहिलो पटक त्यहाँको नेपाली बस्ती न्यू क्यासलमा अन्तिम प्रस्तुति दिएको हो । उक्त प्रस्तुतिमार्फत ब्याण्डले नयाँवर्ष २०८२ सालको शुभकामना पनि दियो ।

सो क्षेत्रमा ५ हजारभन्दा धेरै नेपालीको बसोबास छ । आयोजक ‘द भैरव ग्रुप’का सदस्यले कन्सर्ट ऐतिहासिक बनेको बताए । ‘दर्शकको संख्याभन्दा पनि ‘कन्दरा’ को संगीत र विरासतसँग मेल खाने गुणस्तरीय थलो रोज्नु प्राथमिकता थियो । न्यू क्यासलमा यस्तो कार्यक्रम हुनु आगामी सांगीतिक यात्राको लागि एउटा मापक बन्न सक्छ’ आयोजकले भने ।

कार्यक्रममा कालजयी गीतसँगै नयाँ सिर्जना ‘विचरा म’ र ‘भेडी गोठैमा’ प्रस्तुत गर्दा दर्शकले सकारात्मक प्रतिक्रिया जनाए । तीन पुस्ताका दर्शक एकै ठाउँमा रमाइरहेको दृश्य खास देखियो । ९० को दर्शकका दर्शक भावनाले भरिएर ओतप्रोत देखिएका थिए ।

मुख्य गायक विवेक श्रेष्ठले कार्यक्रममा नेपाली मूलका बालबालिकालाई नेपाली भाषा बोल्न र बुझ्न प्रेरित गर्ने आग्रह राख्दै, न्यू क्यासलको नेपाली समाजद्वारा सञ्चालनमा रहेको साप्ताहिक नेपाली भाषा कक्षामा बालबालिकाको सहभागिता आवश्यक रहेको विशेष जोड दिए ।

यात्राको समापनसँगै कन्दराले आगामी वर्ष आयोजना हुने ‘लिगेसी इन रिदम : कन्दरा अस्ट्रेलिया टूर २०२६’को औपचारिक घोषणा पनि गर्‍यो । राइडर्स नेपअस र जात्रा इभेन्ट्सको संयुक्त आयोजनामा ब्याण्डको आगामी टूर मार्चदेखि अप्रिलसम्म हुनेछ । सांगीतिक यात्राको समापनपछि ब्याण्डले केही समय विश्राम लिने र निकट भविष्यमा विश्व टूरको श्रृंखलालाई निरन्तरता दिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×