सुमना श्रेष्ठले रास्वपा सहमहान्त्रीबाट दिइन् राजीनामा

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार ११:२३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । पार्टी सभापति रवि लामिछाने पछिल्लो पटक चैत दोस्रो साता पार्टीमा फर्किएकै बेला उनले राजीनामा बुझाएको लामिछाने निकट स्रोतले जनाएको छ ।

श्रेष्ठले भने अहिलेसम्म राजीनामा बारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले केन्द्रीय समितिको बैठकमा नै आफ्नो कुरा राख्ने बताइएको छ ।

रास्वपाले आज (बिहीबार) का लागि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।

सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । लामिछाने सहकारीको बचत अपचलनको मुद्दामा हाल भैरहवा कारागारमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.