ज्योतिष भन्छन्, ‘२०८२ सालमा धेरै परिवर्तन देखिने छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ४, बिहीबार ११:४७

विराटनगर । नाम चलेका ज्योतिष उदय निरौलाले यो नयाँ वर्ष ग्रह गोचरका दृष्टिले कस्तो हुन्छ भन्ने प्रष्ट्याएका छन् । यसअघि उनले ज्योतिष विज्ञानमा आधारित रहेर गरेका धेरैजसो भविष्यवाणी मिलेका छन् ।

भविष्यवाणी र ग्रह गोचरका कुरा कतिपयलाई विश्वास नलाग्न सक्छ तर ज्योतिष शास्त्रमा गहन अध्ययन गरेका हाल भक्तपुर निवासी निरौलाकहाँ नेतादेखि सर्वसाधारणसम्म आफ्नो भविष्यफल जान्न, बुझ्नका लागि पुग्ने गरेका छन् ।

Advertisement

उनले सामाजिक सञ्जालमा पछिल्लो ग्रह गोचरको अवस्थाबारे यसरी वर्णन गरेका छन्–

अब यो बैशाख महिनामा अरु बढी उत्पात हामीले देशमा बेहोर्नु पर्नेछ । शनि र राहुको युतिले बनाएको पिशाच योग एवं मंगल निच भएको कारण सुरक्षा संयन्त्रको अकर्मण्यता देखिनेछ ।

सीमावर्ती क्षेत्रमा नेपाल मिचिनेछ । समग्रमा २०८२ साल नै धेरैले धेरै परिवर्तन देख्नु पर्नेछ । आार्थिक मन्दीको सामना गर्न कठिन छ ।

कर्मचारी र सेवाग्राहीको तलव दिन पनि धौधौ पर्नेछ । केहीले देशबाट लखेटिनु पर्नेछ । गुरु मिथुनमा प्रवेश र राहु कुँभमा प्रवेश पछि धेरै परिवर्तन हुनेछ । अन्यायपूर्वक कमाएको शिवस्व, ब्रम्हस्व, देवस्व र राजस्व लुटिने छ।

गुरु शनिको परिवर्तनले धेरै अन्यायीहरूले जेल जानुपर्ने छ । गुरुको लगातार आठबर्ष सम्म हुने अतिचारले अतिचार गर्नेहरू नाङ्गिने पक्का छ ।

अबको असार पछिको समय खास धर्म र आध्यात्मिक उन्नतिले नास्तिक र पैशाचिक धर्मको युगको विस्तारै अन्त्य हुनेछ । नयाँ युगले गरीबी विस्तारै हटाउन मद्दत पुग्नेछ ।

केही इन्टरनेट र डिजिटल समस्या विश्वभर नआउला भन्न सकिन्न । केही नेपालका बैंकहरू डुब्ने संभावना प्रवल भएका कारण सचेत रहनु पर्ला । नयाँ युगमा हामी प्रवेश गर्ने क्रममा छौँ ।

तसर्थ स्वागत गरौँ नयाँ युगको इश्वरको भक्त बनेर । प्रकृतिको लीलालाई परमात्मामा शरण नपरे धेरै दुखः नभोग्नु पर्ला भन्न सकिन्न ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.