विराटनगरमा स्काउटको स्थापना दिवस मनाइने

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १३:११

विराटनगर । नेपाल स्काउट कोशी प्रदेशअन्तर्गत सञ्चालित विराटनगर ओपन स्काउट क्र्युले शुक्रबार आफ्नो स्थापना दिवस मनाउने भएको छ ।

दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । सामाजिक सेवा, नेतृत्व विकास र नागरिक उत्तरदायित्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएको स्काउट क्र्युले रक्तदान कार्यक्रम गर्न लागेको हो।

रक्तदान विराटनगर महानगरपालिका–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा बिहान ८ बजे सुरु हुनेछ । सो अवसरमा स्काउट अध्यक्ष नवलप्रसाद उपाध्यायको नेतृत्वमा सम्पूर्ण स्काउट टोलीले रक्तदाताहरूको आतिथ्य सत्कार गर्नेछ।

आयोजकले मानव सेवाको १ महान कार्य भएकाले यथाशक्य सहभागी भएर रक्तदान गरी जीवन बचाउने पुण्य कार्यमा सहभागी हुन सबैमा अनुरोध गरेको छ।
नेपाल स्काउटको उद्देश्यअनुसार विराटनगर ओपन स्काउट क्र्युले समय–समयमा रक्तदान, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापनजस्ता समाज उपयोगी कार्यहरू गर्दै आएको छ।

यस्ता कार्यक्रमहरू युवाहरूमा सेवा भावना र सामाजिक चेतनाको विकास गर्न अत्यन्तै महत्वपूर्ण हुने उपाध्यायले बताए । रक्तदान अभियानमा सबै पक्षको सक्रिय सहभागिता अपेक्षित गरिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.